सत्ता गठबन्धन: चैत मसान्तभित्र चुनावी तालमेलको सहमति पठाउन प्रदेश र जिल्लालाई निर्देशन


काठमाडौँ- सत्तारुढ पाँच दलीय चुनावी संयन्त्रले चैत मसान्तभित्र चुनावी तालमेलको सहमति पठाउन प्रदेश र जिल्लालाई निर्देशन दिएको छ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठकले प्रदेश र जिल्लाले चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा पठाउन निर्देशन दिएको हो।

बैठकले पाँच दलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दरै सहकार्य गरी अघि बढ्ने निर्णय पनि गरेको सचिव केशवराज जोहीले जानकारी दिए।

प्रतिक्रिया