करिब एक क्वीन्टल गाँजासहित धादिङका रमेश तामाङ पक्राउ


काठमाडौँ– सशस्त्र प्रहरी बल (एपीएफ)ले करिब एक क्वीन्टल गाँजासहित धादिङका रमेश तामाङलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनीको टिमले विशेष सूचनाको आधारमा महोत्तरीको मनरासिसुवा गाउँपालिका ३ स्थित सुनौल गाउँबाट ९३ किलो गाँजासहित धादिङ थाक्रेका ३६ वर्षीय तामाङलाई पक्राउ गरेको हो।

तामाङले गाँजा ल्याउन प्रयोग गरेको ना ३ ख ७९३५ नम्बरको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ। तामाङ र बरामद गाडी तथा गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउन लागिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया