शिवम् सिमेन्टका अध्यक्ष डा. गोयल व्यवस्थापन संघको बोर्डमा निर्वाचित


काठमाडौं नेपाल व्यवस्थापन संघ (म्यान) को कार्यकारी बोर्डको सदस्यमा डा. सुरेन्द्रकुमार गोयल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न संघको ४१ औं बार्षिक साधारण सभामा भएको निर्वाचनबाट शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल संस्थागत समूहबाट कार्यकारी बोर्डको सदस्यमा निर्वाचित भएका हुन् ।

उक्त पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो । यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपालव्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।

 

प्रतिक्रिया