ओलीको प्रश्न– माधव नेपाललाई पार्टी फुटाउन एमालेमा ल्याउने?


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललाई पार्टी विभाजनका लागि फेरि एमालेमा ल्याउने? भन्दै प्रश्न गरेका छन्।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेता नेपाललाई एमालेमा आउनका लागि आग्रह गरेपछि त्यसको उत्तर दिँदै ओलीले त्यसो भनेका हुन्। उनले यो सरकारले दमन सुरु गरेको भन्दै त्यसको प्रतिवाद हुने चेतावनी दिए।

घन्टाघर पुननिर्माणको विषय बजेटमा परेको विषयमा टिप्पणी गर्दै ओलीले यो सरकार र गठबन्धनले भत्काउने काम गर्ने तर बनाउन नसक्ने बताए। १४ महिनापछि चुनावमा बलियो भएर बाजा बजाउँदै मूलढोकादेखि सिंहदरबारमा छिर्ने ओलीको भनाई थियो।

प्रतिक्रिया