तीन दिनदेखि तनावग्रस्त लेटाङमा बल्ल हट्यो कर्फ्यु


मोरङ – तीन दिन तनावग्रस्त रहेको मोरङको लेटाङ नगरपालिकामा स्थिति सामान्य बन्न थालेपछि आज(बिहीबार) बिहान ६ बजेदेखि निषेधाज्ञा हटेको छ। जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले नगरपालिकाको चौतर्फी अध्ययनपछि यो निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

स्थानीय एक शिक्षकले आफ्नै विद्यालयकी छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर तनावग्रस्त बनेको यो क्षेत्रमा कर्तव्य पालनाको सिलसिलामा विराटनगर रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो । स्थानीयले आक्रमण गर्दा उनको मृत्यु भएको हो।

घटनामा प्रर्दशनकारी र सुरक्षाकर्मीसमेत घाइते भएकाले यस्तो प्रवृत्तिको घटना दोहोरिन नदिन र जनधनको थप क्षति हुनबाट रोक्न अत्यावश्यक सेवाबाहेक मानिस आवतजावत, भेला गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम यही चैत ६ गते निषेधाज्ञा आदेश भएको थियो । अहिलेको अवस्था सामान्य रहेको छ, यद्यपि यो क्षेत्रमा प्रहरी गस्ती र निगरानी बढाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

 

प्रतिक्रिया