एक लाख दिएर आफ्नै आमाको हत्या गर्न लगाएपछि…


काठमाडौं – आफ्नै आमाको हत्याको अभियोगमा संलग्न रहेको भन्दै छोरा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

६७ वर्षीया नौमायाँ नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा उनकै जेठो छोरा पोखरा महानगरपालिका १२ शितलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपाली र सोही महानगरपालिका १२ माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घर कोठाभित्र घाँटीमा थिचेको जस्तो डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा गत शुक्रबार बिहान नौमायाँ नेपालीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ओम बहादुरले घर जग्गा बेच्नको लागि पटकपटक प्रयास गर्दा आमाले बेच्न नमानेको विषयलाई लिएर साथी कुमार गुरुङलाई आमा मार्नको लागि १ लाख दिन्छु भन्दै बिहीबार राति नौमायाँ निदाएको अवस्थामा घाँटी थिची हत्या गरेर दुवै जना कुमारको कोठामा गई सुतेको र शुक्रबार बिहान ओम बहादुर घरमा गई आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेको प्रारम्भिरक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया