सिटिजन्स बैंकद्वारा ई–केवाईसी सेवा सुरु


काठमाडौं –  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावधिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई–केवाईसी सेवा सञ्चालनमा ल्याएको छ।

यो सेवा उपयोग गर्न बैंकको वेवसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाईसी विवरणहरु विनाझन्झट अपडेट गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार आफ्नो केवाईसी फर्म अपडेट गर्नुअघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रक्रिया पूरा गर्नुपर्र्ने हुन्छ। यो अनलाइन सेवाको प्रयोग गरी ग्राहकहरुले बैंकको शाखा जानुपर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोबाइल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसी अद्यावधिकको निवेदन दिन सकिनेछ।

बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया