बैंकिङ कसुरमा २० लाख जरिवाना तोकिएका व्यक्ति काठमाडौंबाट पक्राउ


काठमाडौं – काठमाडौंबाट प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-८ घर भई टोखा नगरपालिका-१ भत्केको पुल बस्दै आएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा रहेका छन् ।

विश्वकर्मालाई शुक्रबार टोखाबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।  विश्वकर्माले एक पीडितलाई मेघा बैंक लिमिटेडको पर्याप्त रकम नभएको चेक काटेर दिएका थिए।

प्रहरी उपरीक्षक महतोले उक्त चेक बाउन्स भएपछि विश्वकर्मालाई पक्राउ गरेको बताए। उनका अनुसार उच्च अदालत पाटनले विश्वकर्मालाई फागुन १० गते बैंकिङ कसुरमा २० लाख जरिवाना र पाँच दिन कैद फैसला सुनाएको थियो। उक्त फैसलापछि विश्वकर्मा फरार थिए। प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि शुक्रबार नै काठमाडौं जिल्ला अदालत पेस गरेको जनाएको छ।

प्रतिक्रिया