बालकोटमा एमाले सचिवालय बैठक बस्दै
काठमाडाैं – नेकपा एमालेको सचिवालय बैठक बालकोटमा शुरू भएको छ ।
वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह चुनाव लगायत समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरू सहभागी छन् ।