
प्रकाश सपुतको गितमा कुनै आपत्तिजन कुरा छैन : बाबुराम भट्टराई
काठमाडौँ – प्रकाश सपुतको ‘पिर’ शीर्षकको म्युजिक भिडिओले जनयुद्ध लडेका महिलाको अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले गम्भीर आपत्ति जनाइरहेका बेला जनयुद्धकै एक शीर्ष नेता डा. बाबुराम भट्टराईले भने समर्थन गरेका छन्।
माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित उक्त गीत १६ मिनेट २५ सेकेन्डको छ।
हाल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. भट्टराईले आफू पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार रहेको उल्लेख गर्दै गीतमा आपत्तिजनक कुरा नरहेको प्रतिक्रिया दिएका हुन्।
‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु( त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन। गीतले जनयुद्धको विरोध गरेको छैन’, डा। भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्क्याउने?’




कागजपत्र |
