निर्वाचनबाट एमाले बलियो शक्ति बन्छ : शंकर पोखरेल

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरलले संगठनको सामर्थ्य निर्माणका लागि टोलटोलमा संगठन विस्तार गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित पार्टी प्रशिक्षण कार्यक्रममा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचनमा एमाले बलियो शक्तिका रूपमा उदाउने दाबी गरे।

महासचिव पोखरेलले भने, ‘पार्टी विभाजनको मुख्य एजेण्डा एक व्यक्ति, एक पद र एमसिसी रहेकामा आज ती दुवै एजेण्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखिसकिएको छ।’

आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उनले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन उल्लंघन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए।

प्रतिक्रिया