रामदेव र बालकृष्णले फेरि किन मागे माफी ?


नयाँ दिल्ली-  पतञ्जलि आयुर्वेदले पुनः पत्रपत्रिकामार्फत माफी मागेकाे छ । बुधबार प्रमुख पत्रपत्रिकाहरूमार्फत योग गुरु रामदेव र पतञ्जलिका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले माफीनामा छपाएका हुन् ।

मंगलबारको सुनुवाइका क्रममा सर्वोच्च अदालतले पतञ्जलि र रामदेवको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता मुकुल रोहतगीलाई पत्रपत्रिकामा प्रकाशित माफी पत्र काटेर जस्ताको त्यस्तै सर्वोच्चमा पेस गर्न भनेको थियो ।  सोमबार पतञ्जलिले ६७ ओटा पत्रपत्रिकामा माफीनामा छापेको थियो । तर, यी माफीनामा पतञ्जलिको उत्पादनको विज्ञापन जत्तिकै ठुलो छ त भनेर सर्वोच्च अदालतले प्रश्न गरेको थियो ।

भारतको सर्वोच्च अदालतले पतञ्जलि आयुर्वेदको सार्वजनिक माफीको आकारमा प्रश्न उठाएको भोलिपल्ट कम्पनीले बुधबार प्रमुख पत्रपत्रिकाहरूमा फेरि माफीनामा छपाएको हाे । यस पटक पृष्ठको करिब एक चौथाइभरिको माफी छापिएको छ ।

पतञ्जलिको भ्रमित गराउने खालको विज्ञापन मामिलामा उनले आफ्नो गल्तीका लागि माफी मागेका हुन् ।

 

प्रतिक्रिया