

करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

सुर्खेत- विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका २८ वर्षीय विशाल केसीकाे मृत्यु भएकाे हाे ।
बराहताल गाउँपालिका–८, कुनाथरीमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो ।
थप उपचारका क्रममा केसीको प्रदेश अस्पतालमा मृत्यु भएको विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले बताए ।

