संवैधानिक इजलासमा कार्कीको ठाउँमा प्रधानन्यायाधीश राणाले ल्याउन सक्ने अर्को न्यायाधीश


काठमाडौं– प्रतिनिधि सभा विघटनको रिट अहिले संवैधानिक इजलासमा बहसको क्रममा छ। बुधबार यो बहस नसकिएको र केही प्रश्नहरू खडा भएपछि त्यसका एक जना सदस्य न्यायाधीश हरिकृष्ण कार्की अबका इजलासमा नबस्ने भएका छन्।

यसकारण उनको ठाउँमा अर्का न्यायाधीश सिफारिस गर्नुपर्ने अवस्थामा पुगेका छन्, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा। सरकारलाई सहयोग गर्न सक्ने वा स्वार्थ बाझिन सक्ने भन्दै बरिष्ठ अधिवक्ताहरूले कार्कीमाथि प्रश्न उठाएका थिए। त्यसको कारण देखाएका थिए प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधीवक्ता भएको प्रमाण।

अब न्यायालयमा भइरहेको यो बहसमा कार्कीको विकल्पमा कसलाई ल्याउने तयारीमा छन्, प्रधानन्यायाधीश राणा?

अहिले यस विषयको अन्तिम निर्णयमा नपुगे पनि विकल्पमा आउने न्यायाधीश बरिष्ठ भने नहुने बताइन्छ। कार्कीको ठाउँमा न्यायाधीश सपना मल्ल प्रधानलाई सिफारिस हुन सक्ने अनुमान गरिएको छ। स्वार्थका कुनै प्रश्न पनि नउठ्ने र राणालाई सहजीकरण गर्न सक्ने भएपछि मल्ल संवैधानिक इजालासमा आउने प्रबल सम्भावना रहेको बताइएको छ।

लामो समयसम्म मल्ल भावी प्रधानन्यायाधीश हुनेमा गनिन्छिन्।

प्रतिक्रिया