उच्च वायु प्रदूषणका कारण अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन विराटनगर महानगरपालिकाको अपिल


विराटनगर- जलवायु परिवर्तनसँगै पछिल्लो समयमा देखिएको उच्च वायु प्रदूषणका कारण जनस्यास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन विराटनगर महानगरपालिकाको अपिल गरेको छ ।

माहमनगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै केही दिनदेखि मौसममा आएको पपरिवर्तसंगै विराटनगर क्षेत्र भित्र वायु प्रदूषण निकै बढेकाले यसले स्वासप्रवासमा कठिनाइ लगायत विभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।

महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो ।

सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो । बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ ।

वातावरण विज्ञ रामचन्द्र अधिकारीका अनुसार वायु प्रदूषणले तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा गम्भीर असर गर्न सक्छ । हावाको गुणस्तर पार्टीकुलर म्याटर ‘पिएम २।५’ र ‘पिएम १०’ स्केलमा पनि मापन हुने उनले बताए ।

प्रतिक्रिया