नेप्सेमा जाल्पा लघुवित्तको १६ लाख कित्ता आईपीओ सूचीकृत


काठमाडाैँ – शुक्रवार नेप्सेमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको १६ लाख कित्ता आईपीओ सुचीकृत भएको हो ।

अब कम्पनीको शेयर कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र १० लाख ७८ हजार कित्ता शेयर संस्थापकहरुको लगानी सहित कुल १६ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट प्रतिकित्ता रू. १६४ दशमलव ६० देखि ४९३ दशलमव ८० मूल्य तोकेको छ । कम्पनीले शेयर सूचीकरणपश्चात दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटलबाट दिने नेप्सेमार्फत जानकारी गराएको हो ।

 

प्रतिक्रिया