

नेपाल प्रहरीका ९ एसएसपी डिआईजी बढुवा हुने, बढुवा समितिले आजै सिफारिस गर्ने

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त ९ नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) पदका लागि बढुवाको सूची तयार पारेको छ ।
प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षत्री र प्रहरी नायब महानिरीक्षक (एआईजी) बिश्वराज पोखरेलको ब्याचबाट गरी ९ एसएसपीलाई डिआईजीमा बढुवा गर्न लागिएको हो।
जसमा २४ जना एसएसपी प्रतिस्पर्धामा छन् । आईजी थापाको ब्याचबाट ९ जना र बैकल्पिक टोली तथा एआईजी पोखरेलको ब्याचबाट १५ जना प्रतिस्पर्धामा छन् ।
स्रोतका अनुसार आईजी थापाको ब्याचबाट ४ जना र एआईजी पोखरेलको ब्याचबाट ५ जना बढुवा सूचीमा अटाउन सफल भएका छन् ।
आईजी थापाको ब्याचबाट पुरुषोत्तम कँडेल, गणेश एैर, देबबहादुर बोहोरा र रामकृपाल शाह परेका छन् । उता एआईजी पोखरेलको ब्याचबाट दिवेश लोहनी, पूजा सिंह, मुकुन्द आर्चाय, सुशील यादब र प्रकाश अधिकारी बढुवा सूचीमा अटाएका छन् । अहिले गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बढुवा समितिको बैठक बसीरहेको छ। आजै बढुवाका लागि सिफारिस हुने बताइएको छ।

