केपी ओली श्री ३ जंगे भए, बाजी हामीले जित्यौंः प्रचण्ड


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ जंगे भएको बताएका छन्।

जन सांस्कृतिक महासंघको कार्यक्रममा सोमबार उनले राजनीतिक रुपमा आफूहरूले बाजी जितेको बताउँदै जनतामा जानका लागि ओलीले मुद्दा दिएको बताए।

प्रतिनिधि सभा विघटन गरेर ओली प्रतिगामी र निरंकुशताको बाटो हिँडेको बताएका उनले सचिवालय बैठकमा आफ्नो कुर्सी सारेको प्रसङ्ग समेत निकाले। उनले प्रचण्डहरू सडकमा पुगेको भन्ने चर्चा केलाउँदै भने,‘हामी सडकमा होइन, जनतामा पुगेका हौं। मैले ओलीलाई धन्यवाद भनेको छु। हामीलाई अर्को चुनावमा जाने मुद्दा दिनुभएको छ।’

प्रतिक्रिया