शेयर बजारमा उच्च अंकको गिरावट, कारोवार रकम २ अर्ब ३५ करोडमा सिमित


काठमाडौं – साताको चौथो दिन (बुधबार) शेयर बजार उच्च अंकले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३०.२९ अंकले घटेको हो । परिसूचक ३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेको छ । नेप्से १.१९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ४९ लाख ५९ हजार ९ सय १९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार एक सय ४२ रूपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । सबैभन्दा धेरै व्यापार समूह घटेको छ ।

बैंकिङ १२, ब्यापार ७९, होटल तथा पर्यटन १२, विकास बैंक १०१, जलविद्युत् ५५, फाइनान्स ४९, निर्जीवन बीमा १९८, उत्पादन ४७, अन्य २८, माइक्रोफाइनान्स ४३ र जीवन बीमा उपसमूह १३९ अंकले घटे ।

२ कम्पनीको मूल्य स्थिर रहँदा १७१ कम्पनीको मूल्य घट्यो भने १९ को बढ्यो । आज माउन्टेन इनर्जीको शेयरमूल्य ८.१० प्रतिशतले बढेर एक हजार एक सय ३५ रूपैयाँ पुगेको छ ।  इमर्जिङ नेपालको मूल्य ३‍. ९९ प्रतिशतले बढ्यो । विशाल बजारको ५.७, सामुदायिक लघुवित्तको ५.६ र बुद्धभूमि हाइड्रोको मूल्य ५.४ प्रतिशतले घट्यो ।

बुधबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १० करोड ५२ लाख २१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । यस्तै, एनआइसी एशिया बैंकको १० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अपि पावर कम्पनीको ९ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९ करोड ३८ लाख रुपेयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोडमाथिको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया