निर्देशनमा फ्लप यी अभिनेता


काठमाडौं – बलिउडमा सफल कलाकारलाई निर्देशकको कुर्सीमा बस्ने ठूलो चाहना हुन्छ। गुरु दत्त र राज कपूरलाई आफ्नो ‘आइडल’ मान्नेवाला कलाकार जब अभिनेताका रुपमा सफलता हासिल गर्छन्, त्यतिबेला उनीहरु निर्देशनमा अवश्य नै हात हाल्छन्।

यीमध्ये कमले मात्र सफलता पाउँछन्। यहाँ अभिनयमा सफल तर निर्देशनमा असफल कलाकारहरु प्रस्तुत गरिएको छ। जसमा अनुपम खेरदेखि लिएर सनी देओलसम्मको नाम छ।

कलाकार पंकज कपूरले छोरा शाहिद कपुर र अभिनेत्री सोनम कपुरलाई फिल्म ‘मौसम’मा अभिनय गराए। यो ठूलो बजेटको फिल्मले बक्सअफिसमा सोचे जस्तो व्यापार गरेन।

अभिनेता सनी देओल बलिउडमा एक्सन हिरोका रुपमा चिनिन्छन्। तर जब उनले निर्देशनका गद्दी सम्हाले, त्यसमा उनी असफल भए। उनले निर्देशन गरेको ‘दिल्लगी’ र ‘पल पल दिल के पास’ जस्ता रोमान्टिक फिल्म बनाए पनि बक्सअफिसमा असफल साबित भए।

कलाकार अनुपम खेर अभिनयमा अब्बल भए पनि निर्देशनमा उनले आफूलाई अब्बल साबित गर्न सकेनन्। उनले ‘ओम जय जगदीश’ जस्ता फिल्म बनाएका थिए। जुन फिल्म असफल साबित भयो।

पंकज कपूर र अनुपम खेर जस्तै अभिनेता नसीरुद्दीन शाह पनि फ्लप निर्देशक साबित भएका थिए। उनले ‘ये होता तो क्या होता’ जस्ता फिल्म बनाए। जुन फिल्ममा दर्शकले चासो देखाएनन्।

अभिनेता अजय देवगनले पनि निर्देशनमा हात हालिसकेका छन्। उनले ‘यू मी और हम’ जस्ता फिल्म बनाए। तर फ्लप साबित भए।

प्रतिक्रिया