

नवलपरासीमा एकै ठाउँमा दुई जनाको शव फेला

काठमाडाैँ – नवलपरासी पश्चिममा एकै ठाउँमा दुई जनाको शव फेला परेको छ। प्रतापपुर गाउँपालिका ७ सूर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र नजिकै गण्डक नहरमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। करिब डेढ सय मिटरको दुरीका दुई शव भेटिएका हुन्।

