भक्तपुरमा घाँटी रेटी महिलाको हत्या


काठमाडौँ – भक्तपुरमा घाँटी रेटेर महिलाको हत्या भएको छ। चाँगुनारायण नगरपालिका ७ बागरेस्थित खेतको टहरामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ। करिब ३५÷४० वर्षकी महिलाको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया