

वीरगञ्जको आदर्शनगरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं – माछापुच्छ्रे बैंकले पर्साको वीरगञ्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ । वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी एवं माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
सोही कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो । देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ ।

