

६ महिनामा हिमालयन रिइन्स्योरेन्सले कमायो १२ करोड नाफा

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ६ महिना अवधिमा १२ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । पहिलो त्रैमासिकमा कम्पनीले ४ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै ६ महिना कम्पनीमा ३० करोड ५५ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।
पहिलो त्रैमासिकमा कम्पनीले ८ करोड ८ लाखभन्दा बढी कुल बीमाशुल्क मात्रै आर्जन गरेको थियो । हाल कम्पनीको चुक्तापुँजी ७ अर्ब छ भने जगेडा कोषमा १२ करोड ८९ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीको बीमाकोषमा ४८ लाखभन्दा बढी रकम रहेको छ । त्यस्तै महाविपत्ति कोषमा ४ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीले जानकारी दिएको छ ।

