लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर लिलामीमा, कहिलेबाट दिने आवेदन ?


काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्री खुल्ला गर्ने भएको छ । बैंकले फागुन ३० गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको हो ।

बैंकले इन्स्योरेन्सको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

उक्त सेयर खरिद गर्न लागि विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि चैत्र १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया