६ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ र ९१ दिनको अवधिको लागि ४ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले जारी गरेको २८ दिनको अवधिको उक्त ट्रेजरी बिल चैत्र २२ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ९१ दिनको अवधिको उक्त ट्रेजरी बिल २०७९ साल जेठ २४ गते परिपक्क हुनेछ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोल भएर फागुन २५ गते, बुधबार बिक्री हुनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

 

प्रतिक्रिया