प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से, साढे ३ लाखको कारोबार


काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ३.६६ अंक घटेर २५४३.३९ विन्दुमा बन्द भएको थियो ।  यस दिन सो सेसनमा ०.७३ अंक घटेर २५४२.६६ विन्दुमा झरेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८५ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा १८ स्टकको ३ लाख ८३ हजार १०७ रुपैयाँ ८० पैसा बराबरको ९५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। यस्तै, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया