

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँट मंगलबार

काठमाडाैं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ । भोली बिहान ९ बजेतिर लघुवित्तको शेयर बाँडफाँट गर्ने तयारी रहेको बिक्री प्रबन्धक ग्लोवल आइएमइ क्यापिटलले जनाएको छ ।
क्यापिटलले प्रिअलटमेन्टको काम आइतबार सम्पन्न गरिसकेको छ । लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२।५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयरमा सर्वसाधारणलाई वितरण हुनेछ ।
पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता शेयरको लागि आवेदन परेको छ ।
माग भन्दाबढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७७ हजार ४५६ जनाले मात्रै शेयर पाउनेछन् ।

