डेढकरोड नगदसहित ताहचलबाट दुईजना पक्राउ


काठमाडौं — काठमाडौंमा ठूलो परिणामको नगदसहित २ जना पक्राउ परेका छन् ।

राजधानीको ताहाचलबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार स्रोत नखुलेको नगदसहित भारतीय नागरिक अमित अग्रवाल र २६ वर्षका बिक्की खड्का पक्राउ परेका हुन् ।

अग्रवाल यसअघि सुनका नक्कली गरगहनाको कारोबारमा पनि मुछिएका व्यक्ति हुन् । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया