

आज पोखरामा सार्वजनिक बिदा

पोखरा – पोखरा महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ। तत्कालीन पोखरा नगरपञ्चायतका पूर्वप्रधानपञ्च गणेश शेरचनको ७८ वर्षको उमेरमा आज आइतबार निधन भएको शोकमा सोमबार महानगरले एक दिन बिदा दिने निर्णय गरेको हो।
महानगरले नगरकार्यपालिकाको कार्यालय र महानगरअन्तरर्गतका कार्यालयमा शोक बिदा दिएको हो। शेरचनको निधन आज आइतबार काठमाडौँमा उपचारको क्रममा भएको हो। राप्रपाका नेतासमेत रहेका शेरचन विसं.२०३२ सालदेखि २०३८ सम्म पोखरा नगरपञ्चायतको प्रधानपञ्च भएर काम गरेका थिए।

