

सुर्खेतमा युवक मृत्युको घटनामा असई धामीविरुद्ध किटानी जाहेरी

सुर्खेत – सुर्खेतमा मृत्यु भएका कालीकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्रले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।
कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असइई धामीविरुद्ध उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले असईविरुद्ध किटानी जाहेरी परेको बताए ।
शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका हमालको शनिबार विहान मृत्यु भएको थियो । हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले वीरेन्द्रनगरमा प्रर्दशन गर्दै आएका छन् ।

