टाटा नेक्सनको विक्रीमा नयाँ रेकर्ड, फेब्रुअरीमामात्रै १२ हजार २५९ बिक्री


काठमाडौं – टाटा नेक्सनले विक्रीमा नयाँ नयाँ रेकर्ड बनाउँदै गएको छ । भारतीय बजारमा सन् २०२२ को फेब्रुअरीको विक्री तथ्यांकको आधारमा नेक्सन सर्वाधिक धेरै विक्री हुने एसयूभी भएको हो ।

सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयुभी भएको कम्पनीले बताएको छ।  यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको दावी गरिएको छ। टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाईपछाडी पार्दै आफू शीर्ष स्थानमा हुन सफल भएको थियो।

टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो। फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयुभी बिक्री गरेको छ। यो भनेको गत वर्षको सोहीम हिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो। टाटालेसन् २०२१ को फेब्रुअरीमा भने जम्मा ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो। प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको कम्पनीको दावी छ।

फेब्रुअरीको बिक्री तथ्यांकअनुसार नेक्सनपछि दोस्रो स्थानमा हुन्डाईको भेन्यू परेको छ। यो अवधिमा १० हजार २१२ वटा हुन्डाईको भेन्यू बिक्री गरिएको छ। जुन भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ९ प्रतिशतले कम हो।

यसबाहेक फेब्रुअरीमा सबैभन्दा धेरै बिक्री हुने एसयुभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ। टाटाले गत फेब्रुअरीमा मात्रै ९ हजार ५९२ वटा पन्च बिक्री गर्यो । यो एसयुभी सुरक्षाको मामिलामा फाइभस्टार रेटिङ्ग पाउने उत्कृष्ट गाडीमा पर्न सफल भएको छ। पाँचौस्थानमा परेको मारुती ब्रेजाले फेब्रुअरीमा ९ हजार २५६ वटा बिक्री गरेको छ।

प्रतिक्रिया