प्रि ओपन सेसनमा साढे ४ अंकले घट्यो नेप्से, इमर्जिङ्ग नेपालको पहिलो कारोबार


काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले घटेको छ । अघिल्लो कारोबार दिन ६३.५४ अंक घटेर २५४७.०४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ४.४८ अंक घटेर २५४२.५७ विन्दुमा झरेको छ। उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ ।

आज प्रि ओपन सेसनमा ९ स्टकको २२ लाख ५५ हजार ८७१ रुपैयाँ ४० पैसा बराबरको ४ हजार २५७ कित्ता शेयर खरिदबिक्री भएको छ । आइतबार प्रि ओपन सेसनमा इमर्जिङ्ग नेपाल लिमिटेडको पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपन सेसनमा प्रतिकित्ता २८७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो । गत शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सूचीकृत भएको थियो । पहिलो कारोबारको लागि कम्पनीको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

 

प्रतिक्रिया