कुखुराको मासुको मूल्य दिनप्रतिदिन बढेको बढ्यै
काठमाडौं – पछिल्लो समय व्यवसायीले ब्रोइलर कुखुराको मासुको मूल्य लगातार बढाउन थालेका छन् । व्यावसायीहरुले २ हप्ता भन्दा कम अवधिमै कुखुराको मासुको मूल्य दोस्रोपटक वृद्धि गरेका हुन् । २ पटक गरेर करीब ५० रुपैयाँ मूल्य बढेपछि कुखुराको मासुको खुद्रा विक्री मूल्य ३९५ देखि ४२० रुपैयाँ सम्म पुगेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण ढुवानी देखि दाना÷पानी सम्मको मूल्य बढेको भन्दै व्यवसायीहरूले कुखुराको मासुको मूल्य बढाएका हुन् । गत महीना सम्म ३५० रुपैयाँ भन्दा मुनी रहेको कुखुराको मासुको मूल्य फागुन लागेपछि लगातार उकालो लागेको छ ।
उत्पादन घटेको जनाउँदै व्यवसायीले जिउँदो ब्रोइलर कुखुराको मूल्य समेत लगातार बढाउन थालेका छन् । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले गत बुधबारदेखि लागु हुनेगरी प्रतिकिलो १० रुपैयाँ बढाएसँगै जिउँदो ब्रोइलरको कोल्डस्टोर खरिद मूल्य २ सय ८० रुपैयाँ पुगेको छ । यसअघि संघले माघ २३ गते पनि मूल्य बढाएर प्रतिकिलो २ सय ४० रुपैयाँ पुर्याएको थियो ।
त्यसपश्चात मूल्य निरन्तर बढेको छ । संघले फागुन ६ गते १० रुपैयाँ बढाएर प्रतिकेजी २ सय ६० रुपैयाँ, फागुन १४ गते फेरि बढाएर २ सय ७० रुपैयाँ पुर्याएको थियो । बुधबार थप १० रुपैयाँ मूल्य बढाएर कोल्डस्टोरका लागि खरिद मूल्य प्रतिकेजी २ सय ८० रुपैयाँ पु¥याएको हो । यता, उपभोक्ताकर्मीले भने व्यवसायीहरुले मूल्य बढाएर ज्यादती गरेको आरोप लगाएका छन् । जिउँदो ब्रोइलर कुखुराको मूल्य बढेको भन्दै व्यावसायीहरुले मासुको मुल्य बढाउने गरेका छन् ।
नेपाल कुखुराको मासुमा आत्मनिर्भर भएपनि दाना र औषधिमा भने अहिले पनि विदेशको भर पर्नुपर्ने अवस्था रहेको छ । अहिले कुखुराको मासुको मूल्य बढ्नुको कारण उत्पादन नै कम हुनु रहेको कुखुरा व्यवसायीले बताएका छन् । उत्पादन लागत बढेको भन्दै दानाको भाउ बढेको र पेट्रोलिम पदार्थमा भएको मूल्य वृद्धिका कारण दानाको उत्पादन र ढुवानी दुवै तर्फको खर्च बढेको व्यवसायीको भनाई छ ।