हरिसिद्धि नाचलाई ललितपुर महानगरको ५० लाख


काठमाडौं – ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको हरिसिद्धि नाचको अक्षयकोषका लागि ५० लाख हस्तान्तरण गरेको । महानगरले आर्थिक अभावका कारण नाच र जात्रा संकटमा नपरून् भन्दै दुईपटक गरेर उक्त रकम हस्तान्तरण गरेको हो ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई बुधबार २५ लाखको चेक हस्तान्तरण गरेका हुन् । यसअघि महानगरले हरिसिद्धि नाचको अक्षयकोषका लागि २५ लाख हस्तान्तरण गरिसकेको छ ।

हस्तान्तरण कार्यक्रममा ललितपुर महानगर वडा नं २८ का वडा अध्यक्ष राजेश महर्जनले आर्थिक अभावलमा नाच, जात्रा अब नरोकिने बताए । यस्तै वडा नं २९ का वडा अध्यक्ष गणेश महर्जनले अक्षयकोष स्थापनाका लागि महानगरले गरेको सहयोग महत्वपूर्ण भएको बताए ।

ललितपुर महानगरले कात्र्तिक नाचको अक्षयकोषका लागि १ करोड हस्तान्तरण गरिसकेको छ । महानगरले आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट ५० लाख हस्तान्तरण गरेको हो । अघिल्लो वर्ष महानगरले आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट ५० लाख हस्तान्तरण गरेको थियो ।

खोकनामा देखाइने रुद्रायणी नाचका लागि महानगरले अघिल्लो र चालु आर्थिक वर्षका गरी अक्षयकोषका लागि ५० हाल हस्तान्तरण गरिसकेको छ । यसैक्रममा महानगरले दशैंका बेला देखाइने खड्ग जात्राको अक्षयकोषका लागि २५ लाख छुट्याएको छ ।

 

प्रतिक्रिया