पसल फुटाएर चोरी गरेको अभियोगमा दुई जना पक्राउ


काठमाडौं – पसल फुटाएर मोबाइल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ४ मा रहेको सुरज इलेक्ट्रोनिक्स पसलको झ्याल फुटाएर मोबाइल लगायतका समान चोरी गरेको अभियोगमा प्रहरीले सुरेश गिरी र गणेश क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीहरुले १५ मोबाइल, एक गितार, स्मार्ट घडी लगायतको​ करिब १६ लाख १२ हजार बराबरको सामाग्री चारी गरेको प्रहरीले जनाएको छ । माघ १८ गते राती चोरी भएपनि प्रहरीले उनीहरुलाई सोमबार मात्र पक्राउ गरेको हो ।

प्रतिक्रिया