‘पठान’ को रिलिज मिति घोषणा, टिजर सार्वजनिक


मुम्बई – चलचित्र ‘पठान’ को रिलिज मिति घोषणा भएकाे छ । चलचित्र २०२३ को जनवरी २५ तारिखमा रिलिज हुँदैछ । चलचित्र हिन्दी, तमिल र तेलुगु गरि तीन भाषामा रिलिज हुने छ।  यस जासुस एक्सन–थ्रिलर चलचित्रमा शाहरुख जासुसको भूमिकामा छन् ।

बलिउड ‘बादशाह’ शाहरुख खानको चार वर्षपछि चलचित्रमा कमब्याकको संकेत गर्ने चलचित्रले प्रदर्शनका लागि झण्डै एक वर्ष पर्खनु पर्ने भएकाे हाे । सिद्धार्थ आनन्दको निर्देशन रहेको पठानमा शाहरुखसहित दीपिका पादुकोण र जोन अब्रहाम मुख्य भूमिकामा छन् ।

बुधबार निर्माण टिमले तीनै अभिनेताहरूबाट देशको बारेमा भनिएका संवादलाई समेटेर १ मिनेट लामो टिजर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

शाहरुख अन्तिमपटक आनन्द एल रोयको निर्देशनमा बनेको ‘जिरो’मार्फत ठुलो पर्दामा देखिएका थिए । सन् २०१८ मा रिलिज भएको यो चलचित्रले बक्स अफिसमा निकै खराब प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया