बर्दियाबाट अवैध लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ


बर्दिया – बर्दियाबाट अवैध लागूऔषध ब्राउन सुगर सहित एक जनालार्इ प्रहरीले पक्राउ गरकोे छ ।

बढैयाताल गाउँपालिका-८ सिमा नगरबाट करिब ३ ग्राम २ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बासगढी नगरपालिका-९ तोरैया बस्ने ४२ वर्षीय शेर राम चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बा।४४ प २९०१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका शेर रामलाई प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया