

पल शाह प्रकरणः समीक्षाको समर्थनमा खुलिन् रेखा थापा

काठमाडौं – नायिका रेखा थापाले पल शाह प्रकरणमा मुख खोलेकी छिन्। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गायिका समीक्षा अधिकारीको पक्षमा आफूलाई खुलाएकी हुन्।
पल शाह प्रकरणमा चलचित्र क्षेत्रका अधिकांश कलाकर्मीहरूले मौनता साँधिरहेका बेला नायिका थापाले २० वर्षमुनिका छोरीहरू बालिका हुने भएकाले उनीहरुले सबैप्रकारका सुरक्षा र अभिभावकत्व पाउनुपर्ने बताएकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो। कोसँग लभ छ? कतिपटक यौनसम्पर्क भयो? यस्ता नैतिकतावादी कुराको कानूनलाई मतलब हुनु हुँदैन।’
‘समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनकरूपमा नेपालमा व्याप्त छ,’ उनले थप लेखेकी छिन्।

