

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई आगन्तुक रिसोर्टमा विषेश छुट

काठमाडौं – एभरेष्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच एक सहमति भएको छ। बैंकका कार्डधारकहरू, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टले आवासमा २३ प्रतिशत छुट तथा खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
सम्झौतासम्बन्धी एमओयूमा बैंकका सीईओ सुदेश खालिङ र रिसोर्टका बोर्ड कोअर्डिनेटर कृष्णा प्रसाद ज्ञवाली हस्ताक्षर र आदानप्रदान गरेका थिए । एभरेष्ट बैंक, पञ्जाब नेशनल बैंकसँग संयुक्त उद्यम हाल लाखौँ ग्राहक आधार छ, जुन उद्योगमा उच्चतममध्ये एक हो।
हाल बैंकले आफ्ना ११३ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४६ एटीएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्कमार्फत अन्तर्राष्ट्रियस्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

