

एमसिसी अनुमोदनसँगै प्रि ओपन सेसनमा साढे ८ अंक बढ्यो नेप्से

काठमाडौं– साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंक बढेको छ । आइतबार संघीय संसदबाट अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) प्रस्ताव अनुमोदन भएपछि सेयर बजार सकारात्मक देखिएको हो ।
अघिल्लो कारोबार दिन आइतबार ७.७३ अंक घटेर २६५३.७० विन्दुमा बन्द भएको नेप्से आज सो सेसनमा ८.५५ अंक बढेर २६६२.२६ विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७५ अंक बढेको छ । आज कारोबारमा आएका २६ मध्ये २० कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ ।
४ कम्पनीको मूल्य स्थीर रहेको छ । प्रि ओपन सेसनमा ३२ कम्पनीको १ करोड २४ लाख २५ हजार ४५४ रुपैयाँ ३९ पैसा बराबरको २५ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएको छ ।

