
इन्स्पेक्टरको नतिजा सार्वजनिक, ६१ जना उत्तीर्ण
काठमाडौं – सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्नाको लिखित परीक्षामा मागभन्दा थोरै उत्तीर्ण भएका छन्। ७५ जनाका लागि खुलेको आवेदनको लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएका हुन्।
लिखित परीक्षामा कुल तीन सय ७१ सहभागी भएका थिए। सोमबार लोकसेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार अमर–असक्त प्रहरीका सन्तानका लागि एकजनाको कोटामा कोही पनि उत्तीर्ण हुन सकेका छैनन्।
परीक्षामा मधेसी समुदायबाट न्यून उत्तीर्ण भएका छन्। समावेशी आरक्षणको प्रावधानसहित खुलाइएको भर्नामा मधेसी समुदायका लागि ९ जनाको कोटा रहेकोमा लिखित परीक्षामा एकजना मात्र उत्तीर्ण भएका छन्। उनले खुल्लामा पनि नाम निकालेका छन् ।
महिला, दलित र पिछडिएको क्षेत्रतर्फ मागबराबर मात्र उत्तीर्ण भएका छन्। महिलातर्फ सात, दलिततर्फ पाँच तथा पिछडिएको क्षेत्रतर्फ २ जनाको कोटा थियो। खुलातर्फ भने ४० जनाको माग भएकोमा ४९ जना उत्तीर्ण भए।
आदिवासी जनजातितर्फ ११ जनाको मागमा १४ जना उत्तीर्ण भएका छन्।
नतिजाअनुसार माग गरिए भन्दा कम संख्यामा परिक्षार्थी उत्तीर्ण भएको लोकसेवाले जनाएको छ ।
उत्तीर्ण हुनेको सूचीः






कागजपत्र |
