एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन


काठमाडौं – प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन परेकोछ ।

वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले उक्त सम्झौता देश र जनताको हति विपरति रहेमको भन्दै हिजो (सोमबार) निवेदन दिरेका हुन् । भण्डारीको रीट निवेदन दर्ता गर्ने नगर्ने विषयमा आज (मंगलबार) टुंगो लाग्नेछ ।

भण्डारीले नेपाल सन्धि ऐन २०४७ को दफा ४ अनुसार एमसीसी सम्झौता सन्धिको मापदण्डमा नपर्ने जिकीर गर्दै त्यसलाई सन्धिको मान्यता दिन नहुने आदेशका लागि रिट निवेदन दिएका हुन् ।

प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, परराष्ट्र, कानून, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई रीटमा विपक्षी बनाइएको छ ।

प्रतिक्रिया