

बैतडीमा टिपर दुर्घटना, तीनको मृत्यु

बैतडी – बैतडीको पाटन नगरपालिका–३ डबरामा टिप्पर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
गुजरबाट काठ लोड गरेर पाटनतर्फ आइरहेको टिप्पर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
उनले भने, ‘भर्खर घटनास्थल पुगेँ, तीनजनाको मृत्युु भएछ, थप विवरण पछि आउँछ ।’

