

टिपर दुर्घटनामा ९ जना घाइते, दुईको अवस्था गम्भीर

जुम्ला – जुम्लाको पातारासी गाउँपालिकाको बडखोलीमा टिपर दुर्घटना भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
शनिबार पातरासीको बडखोलीमा भएको दुर्घटनामा नौ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जानकारी दिइन् ।
घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । सबै घाइतेलाई उपचारका लागि सदरमुकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
प्रहरी घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी छ ।

