गौतमबुद्ध विमानस्थलमा एरो थाईको जहाज


सिद्धार्थनगर – भैरहवास्थित गौतमबुद्ध विमानस्थल बिहीबार आईपुगेको एरो थाईको जहाज । उक्त जहाजले शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु गर्नेछ ।

विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले शुक्रवारदेखि परीक्षण उडान हुने जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ ।

विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको हो । तस्वीरः नरेश के.सी/ रासस

प्रतिक्रिया