सुनुवाइ नसकिएपछि गभर्नर अधिकारीको रिट आज पनि हेर्दाहेर्दैमा


काठमाडौं – सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बिहीबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि वैशाख १३ गते सुनुवाइको मिति तोकिएकामा उक्त दिन पनि सुनुवाइ नसकिएको भन्दै उक्त रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो । त्यसपछि बिहीबार पेशीमा चढेको उक्त रिटको सुनुवाइ नसकिएपछि शुक्रबारका लागि पेशीमा राख्ने गरी हेर्दाहेर्दैमा राखिएको हो ।

गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि कार्यक्षमताको अभाव र बैंकिङ सूचना चुहाएको भन्दै छानबिन गर्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका थिए ।

प्रतिक्रिया