

माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा थापा र न्यौपाने, डिजिएममा अर्याल

काठमाडौं – माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा नायव महाप्रबन्धक (डिजिएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।
नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढीको बैंकिङ्ग अनुभव सँगालिसकेका छन् ।
माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहुबैंकिङ्ग ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।
यस्तै, नायव महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सँगालेका छन् ।

