

एमसीसी संसदमा टेबल नगर्न प्रचण्ड–देउवा सहमत!

काठमाडौं – आज बस्ने भनिएको संसद बैठकमा एमसीसी टेबल नगर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन्।
माओवादी केन्द्रको संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। सो भेटमा एमसीसी संसदमा टेबल नगर्न प्रचण्ड–देउवा सहमत भएका हुन्।
सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने कुरा बताएपछि देउवा ब्याक भएका हुन्।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने निर्णय गरेको थियो।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।

