सुर्खेतमा जारी निषेधाज्ञा भाेलि बिहान ६ बजेदेखि हट्ने


सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाइएकाे निषेधाज्ञा भाेलि बिहीवार बिहान ६ बजेदेखि हट्ने भएकाे छ । हिजाे बेलुकी  ७ बजेदेखि वीरेन्द्रनगरका मंगलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएकाे थियो ।

शान्ति, सुरक्षाको स्थिति समान्य अवस्थामा आएकाले यी क्षेत्रमा लगाइएकाे निषेधाज्ञा भाेलि बिहान ६ बजेदेखि हटाइने प्रशासन कार्यालयले जनाएकाे छ । वीरेन्द्रनगरमा लगाइएकाे कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको थियाे ।

गएकाे साेमवार एमसीसीको विराेधमा विभिन्न पार्टीले आह्वान गरेका बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन बेलुकी राति सवा ८ बजेदेखि गएकाे मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु लगाइएकाे थियाे । अवस्था सामान्य बन्दै गएपछि सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रमा निषेधाज्ञा लगाइएकाे थियो ।

प्रतिक्रिया